बैसाख ८, २०८३ मंगलबार April 21, 2026

सुनको मूल्य हालसम्मकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ५२ सयले बढेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुन तोलाको ३ लाख ३ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २८५ रुपैयाँले बढेर तोलाको ६७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ६४८० रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया