असार २३, २०८२ सोमबार July 7, 2025

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थगित परिक्षा असोज १७ गतेदेखि शुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कोभिड -१९ का कारण स्थगित भएका परिक्षा गर्ने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षाको परीक्षा तालिका विहिबार प्रकाशित गरेको छ ।

परीक्षा असोज १७ गते देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छ । साथै परीक्षा विहान ८ बजेबाट सुरु भई अपराह्न ४ बजे भित्र परीक्षार्थीले विश्वविद्यालयले तोकिएको इमेल ठेगानामा पठाई सक्नुपर्ने छ ।

विश्वविद्यालयले तोकेको परिक्षा केन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति गराई परिक्षा संचालन गर्न सम्भब नभएपछि “वैकल्पिक विधिबाट परिक्षा संचालन, व्यावस्थापन र मुल्याङकन प्रणाली सम्बन्धि निर्देशिका २०७७” अनुसार वैकल्पिक विधिबाट परिक्षा संचालन गर्ने भएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्धारा जारी प्रेश बिज्ञप्तीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया