मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जोकोभिच भाग्यको साथमा अस्ट्रेलियन ओपन सेमिफाइनलमा

सिनरसँग सेमिफाइनल भिडन्त तय, जोकोभिच २५औँ ग्रान्ड स्लामतर्फ अग्रसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन्, तर आफू भाग्यमानी रहेको उनले स्वीकारेका छन्। लोरेन्जो मुसेटी घाइते भई खेल त्याग्न बाध्य भएपछि जोकोभिच अन्तिम चारमा प्रवेश गरेका हुन्।

मुसेटी खेलमा अग्रता लिइरहेका बेला चोटका कारण कोर्ट छाडेपछि २५औँ ग्रान्ड स्लाम उपाधि जित्ने जोकोभिचको अभियान अगाडि बढेको छ। अब फाइनल पुग्न उनले डिफेन्डिङ च्याम्पियन यानिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन्, जसले बेन सेल्टनलाई सिधा सेटमा हराउँदै सेमिफाइनल पुगेका छन्।

जोकोभिचले मुसेटी खेल जित्न योग्य रहेको भन्दै घटनालाई दुर्भाग्यपूर्ण बताए। सिनर भने पछिल्ला पाँच भेटमा जोकोभिचविरुद्ध विजयी रहँदै आएका छन्, जसले सेमिफाइनल भिडन्तलाई अझ रोमाञ्चक बनाएको छ। अर्को पुरुष सेमिफाइनलमा कार्लोस अल्कारेज र एलेक्जान्डर जेभरेभ आमनेसामने हुनेछन्।

महिलातर्फ जेसिका पेगुला र एलेना रेबकिना सेमिफाइनलमा पुगेका छन्। रेबकिनाले इगा स्वाटिकलाई पराजित गर्दा पेगुलाले अमान्डा एनिसिमोभालाई हराइन्, र अब यी दुईबीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ। अर्को सेमिफाइनलमा आर्यना सबालेन्का र एलिना स्भिटलोनाबीच प्रतिस्पर्धा हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार