मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय लिगमा एपीएफ र मछिन्द्रको दबदबा कायम, जावलाखेल र चित्लाङ पराजित

लगातार चौथो जितसहित एपीएफ–मछिन्द्र शीर्ष स्थानमा उक्लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । एपीएफ र मछिन्द्र क्लब बुधबार लगातार चौथो खेलमा जित निकालेपछि राष्ट्रिय लिग फुटबलमा उपाधिका लागि सुरुआती दाबेदार देखिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएका खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको हो भने मछिन्द्रले चित्लाङमाथि ३–१ को जित निकालेको थियो । यो नतिजाले दुवै टिम समान १२ अंकमा पुगेका छन् ।

दुवै टिमको गोल अन्तर पनि बराबर छ । बढी गोल गरेको आधारमा एपीएफ अगाडि छ । प्रतियोगितामा लगातार आफूले खेलेको सबै खेल जित्ने यी दुई मात्र छन् ।

दिनको पहिलो खेलमा एपीएफले पुनरागमन जित हात पारेको हो । जावलाखेलले २० औं मिनेटमा धमेन्द्र कुँवरको गोलबाट लिएको अग्रता कायम राख्न सकेन । एपीएफको जितको नायक समीरराज थोकर रहे र उनले दोस्रो हाफमा दुई गोल गरेका थिए । उनले ५८ औं मिनेटमा पहिलो गोल गरेपछि ८४ औं मिनेटमा विजयी गोल गर्दै टिमको जित निश्चित गरे । हारले जावलाखेल ४ खेलबाट ३ अंकमै सीमित रह्यो । टोलीको यो लगातार दोस्रो हार हो ।

दोस्रो खेलमा भने मछिन्द्रले ३० औं मिनेटमा प्रदीप बुढाथोकीको गोलबाट अग्रता लिएपछि जोथान एडुवार्डोले ६५ औं मिनेटमा गोल थपेका थिए । एलिजोन एलिजोनिभले ६९ औं मिनेटमा तेस्रो गोल गरे ।

विज्ञान खड्काले ७० औं मिनेटमा चित्लाङका लागि एक गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै फरक पारेन । यस्तोमा चित्लाङ ४ अंकमै सीमित रह्यो । टोलीको पनि यो लगातार दोस्रो हार हो । चित्लाङले आफ्नो तीन खेलमा एकै अंकमात्र बटुलेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार