असोज ११, २०८३ आइतबार September 27, 2026

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट युएईमा सुरु- मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो।

खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी ७ः ४५ बजे सुरु हुनेछ। यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा सुरु हुन लागेका हो।

आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्न लागेका छन्। उनी दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन्। दिल्लीले उनलाई तिन सिजनका लागि ३२ लाखमा अनुबन्ध गरेको थियो।

विश्वका चर्चित लिगहरू खेलिसकेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर आईपीएलका लागि सीधै युएई पुगेका हुन्। उनी आबद्ध दिल्लीले आइतबार किङ्स इलाभेन पञ्जाबसँग यस सिजनको पहिलो खेल खेल्नेछ। त्यस्तै दोस्रो खेल शुक्रबार चेन्नईसँग हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया