मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पुलिसलाई सोझो सेटमा हराउँदै न्यू–डायमण्डले टाइगर कपमा महिलातर्फ ह्याट्रिक उपाधि

छैटौं टाइगर कप भलिबल च्याम्पियनसिप: महिलातर्फ न्यू–डायमण्ड च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । टिप टप न्यू-डायमण्ड युथ स्पोर्टस क्लबले पोखरामा जारी छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि चुमेको छ । न्यू-डायमण्डले शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्टमा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई तीन-शून्यको सोझो सेटमा हराउँदै उपाधि चुमेको हो ।

खेलको प्रारम्भदेखि नै न्यू-डायमण्डले विभागीय टोली पुलिस क्लबलाई दबाबमा राखेको थियो । न्यू-डायमण्डले पहिलो सेटको नतिजालाई २५-११ अंकले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर, दोस्रो सेटमा पनि न्यू-डायमण्ड २५-२२ अंकले अगाडि रह्यो ।

यसैगरी, तेस्रो सेटको नतिजालाई पनि २५-१६ अंकले आफ्नो पक्षमा पार्दै न्यू-डायमण्डले उपाधि कुम्ल्यायो । न्यू-डायमण्डले केही समयको अन्तरमा तेस्रोपटक पुलिसलाई हराउँदै उपाधि चुमेको हो ।

केही समयअघि काठमाडौंमा सम्पन्न एनभिए च्याम्पियनसिपको फाइनलमा पुलिस क्लबलाई नै हराउँदै न्यू–डायमण्डले उपाधि उचालेको थियो । त्यसपछि, काठमाडौंमै आयोजित केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिस क्लबलाई नै जिल्याउँदै न्यू-डायमण्डले उपाधि चुमेको थियो ।

च्याम्पियन बनेको न्यू-डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता पुलिसले तीन लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो । तेस्रो स्थानमा रहेको थाइल्याण्ड क्विन्सले दुई लाख ६ हजार ६६६ रुपैयाँ पायो ।

न्यू–डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २६ हजार ६६६ रुपैयाँप्राप्त गर्नुभयो । विधागत उत्कृष्ट खेलाडीमा सर्भर प्रतिभा माली, लिभेरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री र स्पाइकर पथैया रहनुभयो । प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक बन्नुभयो । उहाँहरूले जनही ११ हजार ६६६ रुपैयाँ पुरस्कार पाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार