काठमाडौंः नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा दैनिक गुजारा गर्ने मानिसहरु प्रभावित भएका छन् । कोरोनाकै कारण काम गुमाउदा मानिसहरुलाई जीवनयापन गर्न समस्या परिरहेको छ ।
यसैबीच महानायक राजेश हमालले पनि कोरोनाका कारण समस्यामा परेका फिल्म प्राविधिकहरूलाई सहयोग गरेका छन् । उनले समस्यामा परेका फिल्म प्राविधिकलाई आज नै रकम हस्तान्तरण गरेका छन् ।
उनले आज समस्यामा परेका ११३ जना फिल्म प्राविधिक प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण प्राविधिकहरुलाई ठूलो प्रभाव परेकोले आफुले सहयोग गरेको हमालले बताएका छन् ।
अभिनेता हमालले गरेको सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले पनि बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया