मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय कबड्डीको उपाधि एपिएफ र आर्मीलाई

पुरुषतर्फ आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ १७ गते । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् ।

महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी पहिलो भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २४–२० अङ्कले हरायो ।

पुरुषको फाइनलमा आर्मीले एपिएफलाई पेनाल्टीमा ६–५ अङ्कले पराजित गर्‍यो । निर्धारित समयको खेल ३८–३८ अङ्कको बराबरीमा सकिएको थियो ।

महिलातर्फ एपिएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुरुषतर्फ आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी चुनिनुभयो । विजेतालाई गृहमन्त्री ओमप्रकाश अर्याल र राखेपका सदस्यसचिव राम चरित्र मेहतालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार