मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लाहोरमा अस्ट्रेलियाको ब्याटिङ ध्वस्त, पाकिस्तानले लगातार दोस्रो टी२० जित्यो

टी२० विश्वकप तयारीमा पाकिस्तान बलियो, अस्ट्रेलियालाई दोस्रो खेलमा पनि हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौं । पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलियाली टिम दोस्रो टी२० क्रिकेटमा पनि पाकिस्तानसँग नराम्रोसँग पराजित भएको छ ।

लाहोरमा भएको दिवारात्रि खेलमा पाकिस्तानसँग अस्ट्रेलिया ९० रनको फराकिलो अन्तरले पराजित भयो । १९९ रनको विजयी लक्ष पछ्याएको अस्ट्रेलिया १०८ रनमै समेटिएको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो । पाकिस्तानका लागि युवा कप्तान सल्मान आघाले ७६, उस्मान खानले ५३, सदाब खानले २८ तथा साइम आयुबले २३ रन बनाए ।

टी२० विश्वकपको तयारी स्वरुप भएको यस खेलमा अस्ट्रेलियाले नयाँ खेलाडीलाई अवसर दिएको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रीनले सबैभन्दा बढी ३५ रन बनाएका थिए । अन्य खेलाडीहरुमा कप्तान मिचेल मार्सले १८, म्याथ्यू शर्टले २७ तथा जेभियर बार्टलेटले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

पाकिस्तानका लागि अब्रार अहमद र शादाब खानले तीन तीन विकेट लिएका थिए भने उस्मान तारिकले २, मोहम्मद नवाज र साइम आयूबले एक एक विकेट लिए ।

यसअघि लाहोरमा भएको पहिलो टी२० मा पनि पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको थियो । यी दुई टोलीबीच तेस्रो तथा अन्तिम टी२० आजै साँझ हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार