बैसाख ८, २०८३ मंगलबार April 21, 2026

नेचुङ क्षेत्रमा बाक्लो हिमपातपछि मुस्ताङ भन्सारबाट आयात–निर्यात अवरुद्ध

हालसम्म तीन हजार तीन सय २९ विद्युतीय (ईभी) गाडी सहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुक्तिनाथ (मुस्ताङ), माघ १८ गते । लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित भएको छ । गएको मङ्गलबारदेखि नाका क्षेत्रमा बाख्लो हिमपातका कारण कोरला नाकाबाट १४ किलोमिटर तल रहेको भन्सार कार्यालयबाट निकासी तथा पैठारी प्रभावित बनेको हो ।

blogकोरला नाकास्थित चिनियाँ भन्सार कार्यालयमा विद्युतीय सवारीसाधनसहितअन्य सामान बोकेका कन्टेनर रोकिएको छ भने नेपालबाट निकासी हुने सामान बोकेका मालबाहक ट्र«क भन्सार कार्यालयमै रहेको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले बताउनुभयो । सूचना अधिकारी सिंहले भन्नुभयो, ‘‘बाख्लो हिउँ जमेकाले सेवा प्रभावित भएको छ, अझै एकसातासम्म नियमित हुने सम्भावना न्युन छ ।’’

भन्सार कार्यालयबाट समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक उकालो भएकाले सडकमा जमेको हिउँमा मालबाहक ट्रक लैजान समस्या हुने भएकाले भन्सार कार्यालयमै थन्किएका छन् । हिमपातपछि मौसम अनुकुल बन्दै गएको अवस्थामा डोजरको प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिएपनि चिप्लो हुदाँ सडकमै सवारीसाधन फस्ने जोखिम रहेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।

भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालिगण्डकी करिडोर अन्तरगत छोसेर–जोमसोम सडकखण्ड समेत हिउँ जमेकाले सहज समान ढुवानीमा समस्या हुने गरेको प्रमुख खड्काको भनाइ छ । भन्सार कार्यालयमा हाल करिब तीन दर्जन मालबाहक ट्र«क, कन्टेरन रोकिएको छ । भन्सार जाँचपास भएका र केही प्रक्रियामा रहेको अवस्थामा हिमपात भएपछि सेवा प्रभावित भएको प्रमुख खड्काले बताउनुभयो ।

भन्सार कार्यालयबाट कोरला नाकासम्म चिनतर्फ पैठारी गर्ने र फर्किने बेलामा चिनबाट आउने सामान ढुवानीका लागि प्रयोग हुन्छ । भन्सार कार्यालयले माघ महिनाको पहिलोसातासम्म विद्युतीय सवारीसाधनसहित अन्य सामान बोकेका कन्टेनरबाट चार अर्ब ५४ करोड राजस्व उठाएको छ ।

वि.सं. २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८३/०८४ सालको भदौ ३० गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयबाट हालसम्म तीन हजार तीन सय २९ विद्युतीय (ईभी) गाडी सहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ । यो अवधिमा ११ अर्ब बराबरको सामान आयात तथा २० करोड हजार बराबरको निर्यात भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया