पोखरा । माघ २७ गतेदेखि हुने २५औँ आहा रारा पोखरा गोल्डकपमा १२ टोली सहभागी हुने भएका छन् । आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी संस्करणको गोल्डकपमा १२ टोली सहभागी हुने टुंगो लागेको जनाएको छ ।
गोल्डकपमा आयोजक सहारा क्लब पोखरासहित नेपाल पुलिस क्लब, चर्च व्वाइज युनाइटेड, मनाङ मस्र्याङदी, नेपाल एपीएफ क्लब, प्लानिङ व्वाइज युनाइटेड र जाउलाखेल युथ क्लब सहभागी हुनेछन् ।
यस्तै भारत सिक्किमको थनडरबोल्ड नर्थ युनाइटेड, मछिन्द्र फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेशनल क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब र भारतको एक टिमले पनि यसपटक सहभागिता जनाउने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
फागुन ९ गतेसम्म चल्ने गोल्डकपमा यसअघि पुरस्कारमा पनि वृद्धि गरिएको छ । यसअघि विजेता हुने टोलीले १४ लाख एक र उपविजेता हुने टोलीले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । यसअघि विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउँदै आएका थिए ।
२५औँ संस्करणमा पुगेको अवसरमा यसपटक सहाराले गोल्डकपमा खेलहरु फ्लडलाइटमा खेलाउँदै छ । क्लबका अध्यक्ष थापाले गोल्डकपका लागि अस्थायी फ्लडलाइट जडान गरेर खेल सञ्चालन गरिने जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया