मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

कोशीमा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगितामा चौहान र सौडेल विजयी

विभिन्न पाँच विधामा प्रतिस्पर्धीहरुले पुरस्कार हात पारे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेलबारी (मोरङ), १८ माघः बेलबारीमा आज सम्पन्न स्वर्गीय ‘बलबहादुर मगर स्मृति’ प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभलतर्फ टेक चौहान र रविन सौडेन विजयी भएका छन् । बेलबारी–११ लक्ष्मीमार्गस्थित कवर्डहलमा आज सम्पन्न प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धीहरुले पुरस्कार हात पारे ।

विजयी चौहान र सौडेलले नगद रु ४१ हजार हात पारे । साथै भेट्रान (४५ वर्षभन्दा माथि) तर्फ श्रवण चौधरी र नारायण श्रेष्ठ विजेता बन्दै रु २५ हजार प्राप्त गरे भने अन्तर सदस्यतर्फ विकास श्रेष्ठ र रमेश राईले जित्दै रु १५ हजार प्राप्त गरे ।

महिला डबलतर्फका विजेता सृष्टि राई र राजी राईले रु २५ हजार र यु १५ पुरुष सिङ्गलतर्फका विजेता अदिप मगरले रु १० हजार प्राप्त गरे । उत्कृष्ट खेलाडीमा प्रज्ञान ढकाल र उदयमान खेलाडीमा पुरुषतर्फ सागर चौधरी र महिलातर्फ सविज्ञा दाहाल घोषित भए । विजेता टिमलाई नगरपालिका प्रमुख दिलप्रसाद राईले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट १०८ टिमको सहभागिता थियो । डाँगीहाट व्याटमिन्टन क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको स्वर्गीय बलबहादुर मगर स्मृति कोशी प्रदेशस्तरीय प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने भनिए पनि समय अभावका कारण १८ गते मात्र सकिएको आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताउनुुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार