मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बङ्गलादेश महिला टी–२० विश्वकप ग्लोबल छनोट च्याम्पियन

सुपर सिक्सबाट चार टोली इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ १८ गते । बङ्गलादेश अपराजित रहँदै आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा च्याम्पियन बनेको छ ।

सुपर सिक्सअन्तर्गत आइतबार भएको खेलमा बङ्गलादेशले नेदरल्यान्ड्सलाई सात विकेटले हरायो । बङ्गलादेश समूह चरणदेखि अपराजित रहँदै च्याम्पियन बनेको हो । बङ्गलादेश र नेदरल्यान्ड्स यसअघिनै विश्वकपमा छनोट भईसकेका थिए ।

जितका लागि नेदरल्यान्ड्सले दिएको एक सय तीन रनको लक्ष्य बङ्गलादेशले १६.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

यसअसिघ पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय दुई रन बनाएको थियो ।

आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ । थाइल्यान्ड छनोटबाट बाहिरिएको छ ।

अब  स्कटल्यान्ड र अमेरिकामध्ये एक टोलीले विश्वकपमा स्थान बनाउनेछ । दुई टोलीबचको खेलपनि आइतबार नै हुनेछ । १० टोलीको सहभागिता रहेको छनोट खेलबाट घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

सुपर सिक्सबाट चार टोली सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार