मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

साफ यु-१९ च्याम्पियनसिपमा भारत बंगलादेशसँग पराजित

अब आजको दोस्रो खेलमा नेपाल र भुटान खेल्नेछन् । उक्त खेल ३ बजेबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । पोखरामा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेशले भारतलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा बंगलादेशले भारतलाई २–० को गोलअन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले एक–एक गोल गरे ।

अर्पिताले खेलको २९औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाइन् । कर्नर हानेको बल भारतकी गोलकिपरको हातमा लागेर फर्किएको बलमा अर्पिताले गोलको दिशा दिइन् ।

यस्तै, खेलको ४०औं मिनेटमा अल्पीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । श्रीमोती तृष्णा रानीको पासमा अल्पीले गोल गरेकी हुन् । त्यसपछि दुवैतर्फ गोलबाट गोल हुन सकेन र बंगलादेश २–० ले विजयी भयो ।

च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । यसअघि भएको आफ्नो पहिलो खेलमा बंगलादेशले भुटानमाथि १२–० को फराकिलो जित निकालेको थियो ।

अब आजको दोस्रो खेलमा नेपाल र भुटान खेल्नेछन् । उक्त खेल ३ बजेबाट सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार