असोज २४, २०८३ शनिबार October 10, 2026

निर्वाचन २९ दिन बाँकी : समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम समेत हटाइएको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन्। यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन्। समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन्। आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ।

आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन्। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो।

आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्दसूचीबाट हटाएको थियो। त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ।

यस्तै, आयोगले तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि बन्दसूचीबाट हटाएको थियो । यस्तै, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिएआएका १० जनाको नाम समेत हटाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार