भाद्र ९, २०८३ मंगलबार August 25, 2026

एन्फा राष्ट्रिय लिगमा काँक्रेविहार र चित्लाङको २–२ गोलको बराबरी

लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ २१ गते । काँक्रेविहार र चित्लाङ फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

एन्फा मुख्यालय मैदान सातदोबाटोमा बुधबार भएको खेलमा काँक्रेविहार र चित्लाङले २–२ गोलको बराबरी खेलेका हुन् । काँक्रेविहारका लागि भरत नेपालले २९औँ र सन्दीप देउवाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।

यस्तै  चित्लाङका लागि चेतनकुमार थारूले ७६औँ र  रोन थापाले ८६औँ मिनेटमा गोल गर्नुभयो । लिगमा पाँच खेल सकेको काँक्रेविहारले एक अङ्क बनाएको छ । एक खेल बढी खेलेको चित्लाङको ६ अङ्क छ ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेविहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार