मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

संसदको विशेष अधिवेशन तत्काल बसाल्न काँग्रेसले पहल गरोस्ः अर्जुननरसिंह केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले संसदको विशेष अधिवेशन तत्काल बसाल्न नेपाली कांग्रेसले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

मुलुक सम्पूर्ण रुपमा संकटमा रहेका बेला संसद बन्द गराएकामा आपत्ति जनाउँदै नेता केसीले पार्टी नेतृत्वको रवैयाप्रति पनि आश्चर्य व्यक्त गरेका छन् । मुलुक ६ महिनायता कोरोना महामारी र भीषण प्राकृतिक प्रकोपको वितण्डामा परेको भन्दै उनले जनता भय, त्रास र आतंकले पीडित हुँदा तिनका आवाज बोलिनुपर्ने सार्वभौम निकाय बन्द गराईएकोमा समेत आपत्ति जनाएका छन् ।

नेपाली जनता चौतर्फी आक्रोश निराशा र जीवन–मरणको दोसाँधमा रहेको भन्दै नेता केसीले यही महामारीको आडमा सत्ताधारीहरू निर्वाध रूपबाट भ्रष्टाचार, राष्ट्रिय ढुकुटीको दोहन, असंवैधानिक तथा मनपरी नियुक्ती र पँजनीमा संलग्न रहेको आरोप लगाएका छन् ।

फजुल खर्च गर्दै, मुलुकको संकटलाई अझ गहिरो बनाउँदै, पदको झिम्टाझम्टीमा मात्र रुमल्लिने र भ्रष्टहरूलाई उन्मुक्ति कार्य राज्यसत्ताबाट भइरहेकामा विपक्षीको आवाज हराएको उनको भनाइ छ ।

एकातिर देशको ढुकुटीमा ब्रह्मलूट मच्चाइरहँदा अर्कतिर गरीब, ज्यालादारीमा निर्वाह गर्ने समुदायको अकाल मृत्यु, आत्महत्या र स्वदेश फर्केका बेरोजगार युवाहरू विवश भएर पुनः विदेशिने स्थिति आएकोमा उनले ध्यानाकर्षण समेत गराएका छन् ।

गम्भीर रोगीहरूप्रति सरकारले गैरजिम्मेवार व्यवहार देखाएको भन्दै नेता केसीले भ्रष्टहरुो ढाकछोप र अभयदानमा प्रधानमन्त्री आफै उत्रिएका बेला संसदको विशेष अधिवेशन ढाक्नु अनिवार्य भएको उल्लेख गरेका छन् । राष्ट्रिय महत्वका यस्ता विषयमा प्रमुख प्रतिपक्ष र जनप्रतिनिधिहरुको गम्भीर छलफल र विश्लेषण हुनुपर्नेमा उनले ध्यानाकर्षण गराए ।

नेकपाभित्रको कुर्सी झगडामा संसद बाधक मानेर सभामुखलाई समेत जानकारी नदिई सरकारले संसद अधिवेशन अन्त्य गर्नु खेदजनक हो भन्दै काँग्रस नेता केसीले यस्ता संकटका बेला विदेशमा कसरी संसदले भूमिका निर्वाह गरिरहेको छ हेर्न सुझाए ।

महामारीका बीच संघीय संसदको अधिवेशन सञ्चालन गर्न सकिन्छ भन्ने वास्तविकता, बेलायत र भारतमा कोरोना महामारीबीच चलेका संसद अधिवेशन, दक्षिण कोरियामा सम्पन्न आमनिर्वाचन, जापानमा सरकार हेरफेर, अमेरिकामा हुन गइरहेको राष्ट्रपतिको निर्वाचनलाई उहाँले दृष्टान्तका रुपमा देखाएका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरी मुलुकको वर्तमान संकट र परिस्थितिबारे समाधानमूलक विश्लेषण, समीक्षा गरी जनउत्तरदायी निष्कर्षमा पुग्ने भूमिका निर्वाह गर्न प्रमुख विपक्षी पार्टीको कर्तब्य भएको उल्लेख गर्दै कांग्रेस नेता केसीले पार्टी नेतृत्वलाई पहल र प्रयास गर्न आग्रह गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार