मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

चीनले एकतर्फी रुपमा नेपाली भूमिमा भवन बनाएपछी सीडीओको टोली अनुगमनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रमा चीनले एकतर्फी रुपमा भवन बनाएको खबरपछि प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्किएको छ।जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार चीनले नेपाली भूमिमा भवन बनाउँदै गरेको जानकारी आएपछि टोली स्थलगत अनुगमनमा निस्किएको हो।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले चिनियाँ पक्षले एकतर्फी रुपमा नौवटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिएपछि अनुगमनका लागि नेपाली टोली त्यसतर्फ लागेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए। उनका अनुसार गृह मन्त्रालयको अनुमति लिएर प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहित चारवटै सुरक्षा निकायको टोली लाप्चातर्फ लागेको छ।

अनुगमन टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष लामा, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायब निरीक्षक मोहन बस्नेत, राष्ट्रिय अनुसन्धानका डीएसपी सञ्जीव चौधरी छन्। सीमा क्षेत्रमा ११ नम्बर सीमास्तम्भ हराएको बताइएको छ। अनुगमन टोलीले हराएको ११ नम्बर सीमा स्तम्भ खोज्ने, अन्य स्तम्भको अवस्थाबारे बुझ्ने र चीनले नेपाली भूमिमा भवन बनाउनुको कारण पत्ता लगाउने जनाइएको छ।

कर्णाली प्रदेशका हुम्लाको हिल्सा, लाप्चा, ताकुलेक, ताकु, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला तथा क्याटो नाका चीनसँग जोडिएका छन्। हुम्लाको सिमकोट गाउँपालिकामा पर्ने ताकुलेक र चंखेली गाउँपालिकाको ताँके, मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नाक्चेलाग्ना, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. १ को क्याटो नाका र डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्ला (तिन्जे क्षेत्रमा लामा छहरा) नाकामा सीमा सुरक्षा छैन।

सिमानामा सुरक्षा नहुँदा चीनले नेपाली भूमिमा प्रयोग गरेको स्थानीयको भनाइ छ। हिल्साबाहेक अन्य नाका सञ्चालन नआए पनि वर्षाैंदेखि स्थानीयले प्रयोग गर्दै आएका छन्। यहाँबाट दैनिक उपभोग्य वस्तु आयात र जडिबुटीको व्यापार हुँदै आएको छ।

डोल्पाका नाका वर्षमा एक पटक मात्रै खुला हुने शे–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा लामाले बताए। दुवै नाका साउन २५ गतेदेखि भदौ १० गतेसम्म खुला गरिन्छ। नाका खुलेका बेला लाग्ने हाटबजारमा खाद्यान्न, लत्तालपडा र यार्सा गुम्बाको व्यापार हुन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार