मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि

सातौँ संस्करणको उद्घाटनका अवसरमा स्व डोमालाल राजवंशीको शालिक अनावरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुरुङ्गा (झापा), २३ माघः झापा गोल्ड कपको सातौँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

डोमालाल राजवंशी रङ्गशालामा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । झापा गोल्ड कपका अध्यक्ष केदार गिरीले पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको र यसमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्लब सहभागी हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबका साथै भारत, भुटान र मलेसियाका क्लब सहभागी हुने छन् । प्रतियोगिताको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले रु २५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, नालीगुराँस एशोसिएशन नेपाल (पोखरा), रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ फुटबल क्लब (मलेसिया) सहभागी हुनेछन् । झापा गोल्ड कपका खेल यसवर्ष ‘गोल नेपाल’मार्फत प्रत्यक्ष प्रसारण हुने बताइएको छ ।

सातौँ संस्करणको उद्घाटनका अवसरमा स्व डोमालाल राजवंशीको शालिक अनावरण गरिनेछ । साथै जिल्लाका एक पूर्वफुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने कार्यक्रम तय गरिएको छ । साथै, रङ्गशाला स्थापना गर्न सहयोग गरेको भन्दै डोमालाल राजवंशीकी छोरी सम्पत्ति राजवंशीलाई नगद रु एक लाख प्रदान गरिने छ । फुटबलमार्फत झापा जिल्लालाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले आयोजना हुँदै आएको झापा गोल्ड कपले स्थानीय खेलाडी उत्पादन, खेल पर्यटन प्रवर्द्धन र खेल संस्कृतिको विकासमा योगदान पु¥याउँदै आएको झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार