मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सात महिना बन्द रहेको अन्तरिक उडान सेवा आजबाट शुरु- यस्तो छ उडान तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्वभर महामारकिो रुप लिएको कोरोना भाइरस कोभीड–१९ संक्रमणका कारण गत चैत बाट करिब ७ महिना बन्द रहेको अन्तरिक उडान सेवा आजबाट शुरु भएको छ ।

कोरोना महामारीपछि गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान सुरु गरेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक उडान सुचारु गर्ने भनिएपछि व्यवसायीहरुको असहमतिका कारण आन्तरिक उडान सुरु हुन सकेको थिएन ।

कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानका साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका हुन् । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने तर सबै सिट भरेर उडान गर्न पाउने माग गरेका थिए ।

वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म पूर्ण सिट क्षमतामै जहाज उड्ने जनाएको छ ।

यस्तो छ नेपाल वायुसेवाको उडान तालिका :

नेपाल वायुसेवा निगमले काठमाडौं–रुकम–काठमाडौं, रुकुम–नेपालगन्ज–रुकुम आइतबार र बिहीबार, नेपालगन्ज–जुम्ला–नेपालगन्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार उडान गर्नेछ ।

यस्तै काठमाडौं –दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौं आइबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडौं बुधबार उडान गर्ने जनाएको छ ।

यसैगरी नेपालगंज–बाजुरा–नेपालगंज विहिबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान हुने निगमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार