असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा आजदेखि विद्यालय खुले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतका केही राज्यमा आजदेखि विद्यालय सन्चालनमा आउने भएका छन् । लामो समयदेखि जारी लकडाउन खुकुलो बनाउदै लैजाने निति अनुरुप सरकारले आजबाट सबै विद्यालय सन्चालन गर्ने निर्णय गरेको हो ।

आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणाका विद्यालय खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी राज्यमा कोरोना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा विद्यालय खोल्ने निर्णय गरिएको हो । कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै कतिपय राज्यले विद्यालय खोल्न असहमति जनाएका छन् ।

उनीहरुले कोरोनाका जोखिमकाबीच बालबालिकालाई स्कुल पठाउन नहुने बताएका हुन् । बिहार राज्यमा विद्यालय खोल्ने नखोल्नेबारे भोलि मात्रै निर्णय हुने भएको छ । आजदेखि मध्येप्रदेशका धेरैजसो सरकारी तथा निजी विद्यालय सञ्चालनमा आउने छन् ।

स्कुल सञ्चालनका लागि विद्यार्थी, शिक्षक तथा कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्कुलमा स्यानिटाइजर उपलब्ध हुनुपर्ने, एक पटक विद्यार्थी स्कुल भित्र छिरेपछि छुट्टि भएपछि मात्रै बाहिर जान पाउने जस्ता नियम लागू गरिएको छ ।

भारतमा कोरोनाका कारण ५४ लाख ८५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोनाबाट सङ्क्रमित देशको दोस्रो सूचीमा रहेको भारतमा अहिलेसम्म ८७ हजार ९ सय ९ जनाले ज्यान गुमाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार