मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप क्रिकेटमा आज तीन खेल हुँदै

श्रीलंकाको कोलम्बोमा आयोजना हुने यो खेल साँझ ७:१५ बजे सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । प्रतियोगिताको खेल तालिकाअनुसार आज नामिबिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड, युएई, पाकिस्तान र अमेरिका आमनेसामने हुँदैछन् ।

पहिलो खेल बिहान ११:१५ बजे नामिबिया र नेदरल्यान्ड्सबीच हुनेछ । समूह ‘ए’ मा रहेका यी दुई टोलीबीचको खेल भारतको दिल्लीस्थित मैदानमा आयोजना हुने छ । दुवै टोली प्रतियोगितामा महत्वपूर्ण अंक जोड्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यसैगरी, दोस्रो खेल समूह ‘डी’ अन्तर्गत न्यूजील्यान्ड र युएईबीच हुनेछ । भारतको चेन्नाईमा आयोजना हुने यो खेल अपराह्न ३:१५ बजे सुरु हुने तालिका रहेको छ । अनुभवी न्यूजील्यान्ड र उदीयमान युएईबीचको प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।

तेस्रो तथा अन्तिम खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र अमेरिकाबीच हुनेछ । श्रीलंकाको कोलम्बोमा आयोजना हुने यो खेल साँझ ७:१५ बजे सुरु हुनेछ । पछिल्लो समय टी–२० क्रिकेटमा अमेरिकाले देखाएको प्रतिस्पर्धात्मक प्रदर्शनका कारण पाकिस्तानसँगको खेललाई पनि चासोका साथ हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार