मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपः लखनउ र डडेलधुरा सेमिफाइनलमा

डडेल्धुराले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै तीन विकेट क्षतिमा १० दशमलव तीन ओभरमा लक्ष्य हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो-नेपाल टी-२० च्यासिम्पयनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह बी अन्तर्गत सोमबार भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जितका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

सोमबार भएको पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिलो ब्याटिङ गरेको पोखराले १७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ८५ रन बनाएको थियो । पोखरालाई सस्तैमा समेट्न डडेल्धुराका अय्यर र युवराज खत्रीले समान दुई/दुई विकेट लिए । ब्याटिङमा पोखराका तर्फबाट दीपकप्रसाद डुम्रेले सर्वाधिक ३० रनको योगदान दिए ।

जवाफमा डडेल्धुराले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै तीन विकेट क्षतिमा १० दशमलव तीन ओभरमा लक्ष्य हासिल गरेको थियो । त्यसका लागि डडेल्धुराका सन्नी विकले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४८ रनको विष्फोटक पारी खेले । उनले तीन छक्का र पाँच चौका प्रहार गरे । बलिङमा पोखराका तर्फबाट सुवास भण्डारी, कृष्ण पौडेल र उद्धव दाहालले समान एक÷एक विकेट लिए ।

दोस्रो खेलमा पहिलो ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४६ रन बनायो । जवाफमा सिक्किमले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

ब्याटिङमा लखनउका तर्फबाट रमन कदयानले सर्वाधिक ४८ रन बनाए भने सिक्किमका तर्फबाट रुसभ राथोडले सर्वाधिक २८ रन बनाए । बलिङमा सिक्किमका तर्फबाट अक्षय सैनले चार ओभरमा १४ रन मात्र खर्चिएर दुई विकेट लिए भने लखनउका तर्फबाट चार जना बलरले समान दुई/दुई विकेट लिए ।

आज दुई खेल हुनेछन् । आयोजक भद्रपुर क्रिकेट क्लबका संयोजक गौरव सुब्बाका अनुसार दुई खेलसँगै समूह चरणका सबै खेल पूरा हुनेछन् । टी-२० क्रिकेटको विश्वकप चलिरहेको अवस्थामा पनि प्रतियोगितामा दर्शकको उत्साह र उल्लेख्य सहभागितामा सञ्चालन भइरहेका आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार