कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सुनचाँदीको मूल्य निरन्तर उकालो, सुन प्रतितोला ३ लाख ५ हजार नाघ्यो

आर्थिक अनिश्चितताबीच सुनचाँदीको मूल्यमा लगातार वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेपछि उपभोक्ता तथा व्यवसायी दुवै वर्ग प्रभावित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार ५०० मा कारोबार भइरहेको छ । यससँगै चाँदीको मूल्य पनि बढ्दै प्रतितोला रु पाँच हजार २४० पुगेको छ ।

यसअघिल्लो दिन सोमबार प्रतितोला सुन रु तीन लाख चार हजार ६०० र चाँदी रु पाँच हजार २५० मा किनबेच भएको थियो । एकै दिनमा सुनको मूल्य प्रतितोला रु ९०० ले वृद्धि हुँदा चाँदी भने रु १० ले घटेको हो ।

महासङ्घका अनुसार अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस अमेरिकी डलर पाँच हजार २९ मा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८१ अमेरिकी डलर पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया