मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आइसिसि टी–२० विश्वकप : वेस्ट इन्डिजद्वारा इङल्यान्ड ३० रनले पराजित

फिल साल्टले ३० र ज्याकोब बिथेलले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै योगदान गर्न सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा वेस्ट इन्डिजले इङल्यान्डलाई ३० रनले पराजित गरेको छ ।

मुम्बईको वान्खेडे रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै शेरफान रदरफोर्डको आक्रामक ७६ रन मद्दतले १९६ रनको विशाल स्कोर खडा गरेको थियो ।

ओपनिङ ब्याट्सम्यान समेत रहेका कप्तान शाई होप ० र ब्रान्डोन किङ १ रन बनाएर आउट भएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो ।

तर त्यसपछिका ब्याटरहरु शिमरोन हेटमाएरले २३, रोस्टोन चेजले ३४, रोभमन पावेलले १४ र जेसन होल्डरले ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आधार तयार पारेका थिए ।

जितका लागि १९७ रनको लक्ष पछ्याएर मैदानमा उत्रेको इङल्यान्डले १९ ओभरमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो । इङल्यान्डका लागि साम कुरानले सर्वाधिक ४३ रन बनाएका थिए । फिल साल्टले ३० र ज्याकोब बिथेलले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै योगदान गर्न सकेनन् ।

वेस्ट इन्डिजका लागि गुडकेश मोटीले ३, रोस्टन चेजले २ तथा शमार जोसेफ, रोमारियो जोसेफ र अकिल हुसेनले एक एक विकेट लिए ।

यो जितसँगै समूह सी मा वेस्ट इन्डिजले लगातार दुई खेल जितेर ४ अंक बटुलेको छ । स्कटल्यान्ड र इङल्यान्डले एक एक खेल जितेर दुई दुई अंक जोडेका छन् । नेपाल र इटाली भने जितविहीन रहँदै ० अंक छ ।

यही समूहमा रहेको नेपालले आज इटालीको सामना गर्दैछ । यो खेल वान्खेडे रंगशालामा ३.१५ बजे सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार