काठमाडौं । आज तोलामा १०० रुपैँयाले सुनको मूल्य घट्दा चाँदीको मूल्य भने ५० रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार ३४० कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल ५ हजार २९० कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया