कार्तिक १, २०८३ शनिबार October 17, 2026

तनहुँमा निर्वाचनसम्बन्धी १६ उजुरी

प्रचारप्रसारमार्फत् मतदातालाई प्रभावित नपार्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

डुम्रे (तनहुँ), २९ माघः तनहुँ क्षेत्र नं १ राष्ट्रिय राजनीतिसँग जोडिएको प्रभावशाली मानिएको छ । निर्वाचन नजिकिँदै गर्दा अझ बढी प्रभाव बढ्दो क्रममा यो क्षेत्र परेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चर्चा भएकामध्ये तनहुँ क्षेत्र नं १ पनि बढी चर्चामा रहेको छ । यस क्षेत्रलाई जति जोखिम र सकस मानिए पनि यस पटकको निर्वाचनमा हालसम्म लिखित उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो ।

“मौखिक उजुरी १६ वटा परेको छ, तर लिखित उजुरी हालसम्म परेको छैन”, उहाँले भन्नुभयो, “विशेषगरी टिसर्ट, ब्याच वितरण, डिजिटल बोर्डमार्फत चुनावी प्रचारप्रसार भएको मौखिक उजुरी परेको छ, भने लिखित परेको छैन ।” मौखिक परेका उजुरीको समाधान भइसकेकोसमेत लम्सालले बताउनुभयो ।

यस्ता किसिमका प्रचारप्रसारमार्फत् मतदातालाई प्रभावित नपार्न आग्रह गरिएको उहाँले बताउनुभयो । तनहुँ जिल्लामा कूल मतदाता दुई लाख ५४ हजार ३७९ मध्ये महिला मतदाता एक लाख ३० हजार ९०६ र पुरुष एक लाख २३ हजार ४९१ रहेका निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो । तनहुँ–१ क्षेत्रमा मात्रै एक लाख ३६ हजार ११८ मतदाता रहेका छन् भने तनहुँ–२ मा एक लाख १८ हजार २७९ मतदाता रहेका छन् । यस पटकको निर्वाचनमा थपिएका मतदाता तथा युवाको मतमा निर्भर रहने अवस्था देखिएको छ ।

तनहुँ– १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराई तथा नेकपा (एमाले)का पूर्वमन्त्री भगवती न्यौपानेबीच नै प्रतिस्पर्धा हुने भएको छ । मुख्य यी तीन पार्टीका साथै स्वतन्त्र उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य पार्टी पनि चुनावी मैदानमा छन् । राजनीतिक प्रतिस्पर्धा पुराना तथा नयाँ दलबीच प्रत्यक्ष रुपमा देखिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको छ । त्यस्तै नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार बन्नुभएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, उज्यालो पार्टीका मञ्जिल रानालगायत दलका उम्मेदवार यस क्षेत्रमा आफ्नो पक्षमा मत पार्ने कसरतमा हुनुहन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया