असोज ३०, २०८३ शुक्रबार October 16, 2026

दसैँमा चार दिन काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

कुहिने र नकुहिने छुट्याएर राख्न महानगरको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । दसैँ पर्वका कारण आगामी कात्तिक १ गतेदेखि चार दिनसम्म काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ । दसैँको मुख्य पर्व मनाउन सफाइ कर्मचारीहरू पनि बिदामा जाने भएकाले फोहोर व्यवस्थापनमा असर पर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेकी छन् ।

उनले फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा व्यवस्थापन गर्न सबैलाई अनुरोध गरेकी छन् ।

महानगरपालिकाले कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया