असोज ३०, २०८३ शुक्रबार October 16, 2026

दसैँमा घर फर्कनेको चाप

नयाँ बसपार्कबाट विभिन्न जिल्ला जाने लामो तथा छोटो दुरीका सार्वजनिक सवारीको चहलपहल ह्वात्तै बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ३० गते । दसैँको टीका नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट जिल्ला जाने यात्रुको चाप बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म तीन लाख यात्रु दसैँका लागि बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विशेष गरी सार्वजनिक सवारीमा यात्रुको चाप बढेको व्यवसायीले बताएका छन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसाय गरी काठमाडौँमा बसोबास गर्दै आएका परिवारको ठुलो सङ्ख्या दसैँ मनाउन जिल्ला फर्किएका छन् । नयाँ बसपार्कबाट विभिन्न जिल्ला जाने लामो तथा छोटो दुरीका सार्वजनिक सवारीको चहलपहल ह्वात्तै बढेको छ ।

अन्य समयमा दैनिक करिब दुई सय सार्वजनिक बस नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने र आउने हुन्थ्यो तर दसैँ लागेसँगै बसको सङ्ख्या दैनिक ४५० पुगेको नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रुको चाप बढेको छ । टिकट पाइरहेका छन् । गाडी नपाउने समस्या छैन । कात्तिक १ गतेपछिको अग्रिम बुकिङ त्यति धेरै छैन ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि काठमाडौँ उपत्यकाबाट बाहिरिने नाकामा यात्रु र सवारीको चाप बढेको जनाएको छ । नागढुङ्गा, भक्तपुरको जगाती, माछापोखरी, बल्खुलगायतका नाकामा सवारी चाप बढेको छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले अष्टमीका दिनसम्म यात्रुको चाप दोब्बरले बढ्ने बताउनुभयो । गोङ्गबु बसपार्कबाट दैनिक २५० माइक्रो बस बाहिरिएका छन् । यो सङ्ख्या सामान्य दिनको तुलनामा दोब्बर हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आधिकारिक काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न आग्रह गरेको छ । दसैँका अवसरमा सवारी र यात्रुको चाप बढ्ने हुँदा ठगी तथा कालोबजारी हुने सम्भावना भएकाले सुरक्षित यात्राका लागि टिकट अनिवार्य लिन आग्रह गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो ।

राजमार्गका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताएको महासङ्घले जनाएको छ । बर्सातले भत्किएका राजमार्ग र ट्राफिक जामका कारणले सवारी तोकिएको समयमा गन्तव्यमा पुग्न नसक्दा काटिएका अग्रिम टिकट अनुसार समयमै बस सञ्चालन गर्न कठिनाइ भइरहेको महासचिव गौतमको भनाइ छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने गृहमन्त्रीको घोषणा
२०८३ असोज ३०, शुक्रबार
सुन र चाँदीको मूल्य बढ्यो
२०८३ असोज ३०, शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
२०८३ असोज ३०, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्रको दसैं सन्देश : विपद् पीडितको पुनःस्थापनादेखि राष्ट्रिय स्वाभिमानसम्म जोड
२०८३ असोज ३०, शुक्रबार
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
२०८३ असोज ३०, शुक्रबार
नेपाल टेलिकमको ‘हुलाक सिम सेवा’ सुरु, १६० रुपैयाँमै घरमै नयाँ सिमकार्ड
२०८३ असोज ३०, शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ असोज ३०, शुक्रबार