फागुण २, २०८२ शनिबार February 14, 2026

आइसिसि टी–२० विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै

दोस्रो खेल क्यानडा र युएई बिच भारतको दिल्लीमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज पहिलो खेलमा अस्ट्रेलियाले जिम्बाबेको सामना गर्नेछ ।

समूह बी मा रहेको अस्ट्रेलियाले यसअघिको खेल जितेर उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा हुने यो खेल बिहान ११.१५ बजे सुरु हुनेछ ।

यस समूहमा आयोजक श्रीलंका पनि रहेको छ । उसले विश्वकपका दुबै खेल जितेर ४ अंक बटुलेको छ । श्रीलंकाले ओमान र आयरल्यान्डलाई पराजित गरेको थियो ।

यस्तै एक खेल खेलेको अस्ट्रेलियाको २ अंक छ । अस्ट्रेलियाले यसअघि आयरल्यान्डलाई पराजित गरेको थियो ।

दोस्रो खेल क्यानडा र युएई बिच हुनेछ । भारतको दिल्लीमा हुने यो खेल अपराह्न ३.१५ बजे सुरु हुनेछ । समूह डी मा रहेका यी दुबै टिमले एक एक खेल खेलिसकेका छन् तर जित्न सकेका छैनन् ।

तेस्रो खेल नेदरल्यान्ड्स र युएसए बिच भारतको चेन्नाईमा हुनेछ । यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्सले एक जित र एक हार व्यहोरेको छ भने युएसए टिमले खेलेका दुबै खेल हारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया