असोज १२, २०८३ सोमबार September 28, 2026

आइपीएल क्रिकेटमा सुपर ओभरमा दिल्लीको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः ईन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाब समक्ष १ सय ५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । सुरुवाती ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको दिल्लीको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले केही उकासे । मार्कुस स्टोनिसले अविजित ५३ रनको शानदार पाली खेले । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए ।

ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो । तेस्रो नम्बरका ब्याट्सम्यान सिमरोन हेटिमर समेत ७ रनमा आउट भएका थिए । यस्तै, रविचन्द्रन आश्विन ४ र अक्षर पटल ६ रनमा पोविलियन फर्किएका थिए ।

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे । दिल्लीले पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राख्दै प्लेईङ सेट तयार पारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार