काठमाडौंः खर्बपति बिल गेट्सले अमेरिकामा कोरोना भाइरस ‘कोभिड १९’ को परीक्षण रिपोर्ट नआउन’ लज्जास्पद भएको बताएका छन् ।
अमेरिकामा सबैभन्दा बढी कोरोना परीक्षण गर्ने मेसिन हुँदा पनि परीक्षणको नतिजा ढिला आउनु कमजोरी भएको र यो माफीयोग्य विषय नभएको गेट्सको टिप्पणी छ ।
खर्बपति बिल गेट्सले फक्स न्युजसँग भनेका छन्,‘अमेरिकामा आज पनि कोरोना परीक्षण गराएका व्यक्तिले २४ घण्टाभित्र रिपोर्ट प्राप्त गर्दैनन्, यो लज्जास्पद र अपमानजनक विषय हो।’
उनले सो क्रममा आफ्नो द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयत्नमा सहयोग पुर्याइरहेको जानकारी दिए।
गेट्सको फाउन्डेसनले जर्मन बायोटेक कम्पनी ‘क्युअरभ्याक’ लाई सहयोग गरिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया