कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य फेरी बढ्यो

सोमबार बिहानबाट नयाँ भाउ लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको छ । निगमका अनुसार नयाँ दर सोमबार (फागुन ४) बिहानदेखि लागू गरिएको हो ।

समायोजित दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य तथा आयात लागतका आधारमा समय-समयमा मूल्य पुनरावलोकन गर्ने प्रचलन अनुसार हालको समायोजन गरिएको निगमको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया