मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा

सेमिफाइनलमा एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच बिहीबार प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

उदयपुर । त्रिभुवन आर्मी क्लब एन्फा महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । उदयपुरको थारुहट रंगशाला, गाईघाटमा जारी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बुधबार सम्पन्न खेलमा आर्मीका लागि विमला चौधरीले पहिलो हाफको सुरुवातमै निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन् । खेलको सातौं मिनेटमा कर्नरबाट आएको बललाई सदुपयोग गर्दै उनले गोल गरेकी थिइन्, जुन नै खेलको एक मात्र तथा निर्णायक गोल बन्यो ।

खेलभरि आर्मीले संगठित डिफेन्स र अनुशासित खेल प्रदर्शन ग¥यो । पहिलो हाफमा अग्रता लिएको आर्मीले दोस्रो हाफमा पनि दबाब कायम राख्दै पुलिसका आक्रमणलाई रोक्न सफल रह्यो । पुलिसले अन्तिम समयसम्म बराबरी गोलको प्रयास गरे पनि सफलता हात पार्न सकेन ।

यस खेलको ‘म्यान अफ द म्याच’ आर्मीकी दिपा शाही घोषित भइन् । उनले नगद ७ हजार ५ सय रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरिन् ।

अब फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग भेट पक्का गर्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीमध्ये गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आरएस रिसोर्ट, न्युरोड टिम, चर्च बोइज र नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

आगामी फागुन ९ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा सञ्चालन भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार