मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सिद्धेश्वरले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड

प्रतियोगितामा नगरभित्रका नौ विद्यालयका खेलाडीले सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टक्सार (भोजपुर)। भोजपुर रङ्गशालामा सञ्चालित सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भोजपुर–४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय दाँवाले जितेको छ।

उक्त प्रतियोगितामा सिद्धेश्वर माविले १३ स्वर्ण, छ रजत र पाँच कास्य प्राप्त गरेको छ। प्रतियोगितामा नगरभित्रका नौ विद्यालयका खेलाडीले सहभागिता जनाएका थिए। यस्तै भोजपुर–७ को विद्योदय माध्यमिक विद्यालयले नौ स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोश्रो स्थान तथा भोजपुर–५ को पञ्चकन्या माध्यमिक विद्यालय तीन स्वर्ण, पाँच रजत र चार कास्यसहित तेस्रो बन्न सफल भयो।

प्रतियोगितामा भोजपुर–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालय चौथो, वडा नम्बर ११ आम्तेकस्थित जनकल्याण माध्यमिक विद्यालय पाँचौँ र वडा नम्बर एक भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयले छैटौँ स्थान प्राप्त गरेको सो नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम प्रधानले जानकारी दिए। विजेतालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार