काठमाण्डौंः सरकारले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोपको विश्वव्यापी अवस्थाका बारेमा सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले स्वास्थ्य सेवा विभागका तत्कालिन बालस्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा.श्यामराज उप्रेती संयोजक रहेको ५ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदल सदस्यहरूमा बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डाक्टर बालकृष्ण सुवेदी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.गरीबदास ठाकुर र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवाली रहेका छन् ।
त्यस्तै कार्यदलको सदस्य सचिवको जिम्मेवारी भने परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमलाई दिइएको छ । कार्यदलले विश्वमा अहिले कोरोनाभाइरसविरुद्ध विकास भइरहेका खोपहरूको बारेमा अध्ययन गर्नेछ ।
कार्यदलले नेपालले कोरोनाभाइरसविरुद्ध निर्माण गरिएका खोपको परीक्षणमा कसरी भाग लिन सक्छ र कसरी खोपहरु प्राप्त गर्न सक्छ भन्ने बारेमा सुझाव दिने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया