मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरे घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलले हराउँदै सहाराले १२ वर्षपछि उपाधि चुम्यो ।

च्याम्पियन बनेको सहाराले ट्रफीसहित रु १४ लाख एक हजार पुरस्कार पाउँदा उपविजेता जावलाखेलले रु सात लाख एक हजार र ट्रफीमा चित्त बुझायो । सहाराले विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो । सहारालाई च्याम्पियन बनाउने क्रममा खेलको २५औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार निउरेले गोल गरे । सुशील लामाको कर्नर बललाई निउरेले उत्कृष्ट हेड गर्दै गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा पुनः एक गोल थप्न सफल भयो । खेलको ७३ औँ मिनेटमा सहाराका विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत गोल गरेपछि टोलीको जित पक्का गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि सहाराका मुकुन्दकुमार निउरे घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पाए । यसैगरी उत्कृष्ट डिफेन्डर सहाराका बादारु घोषित, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा आईबोउ केबे, उदियमान खेलाडी सहाराका मुकुन्दकुमार निउरे, स्ट्राईकर जावलाखेल युथ क्लबका धर्वेन्द कुँवर, गोलकिपर सहाराका टीकेन्द्र थापा, मिडफिल्डर जावलाखेलका बाउबकर सिसिको, प्रशिक्षक सहाराका सुनिल रानामागर र ‘फेयर प्ले अवार्ड’ आभा फुटबल क्लब उज्वेकिस्तानले पाए ।

उनीहरूले जनही नगद रु २५ हजार पुरस्कार पाएका छन् । सहारा क्लब पोखराको आयोजनामा गत माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडी गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, मुख्य प्रायोजक हिमश्री फ्ड्सका कार्यकारी निर्देशक प्रकाश केसी लगायतले पुरस्कार वितरण गरेका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार