मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राष्ट्रिय महिला फुबटल प्रतियोगिताको उपाधि एपिएफलाई

उपविजेता बनेको त्रिभुवन आर्मीले रु पाँच लाख पुरस्कार प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाईघाट (उदयपुर) । जिल्लाको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफले उपाधि जितेको छ । आज त्रिभुवन आर्मी र सशस्त्र प्रहरी एपिएफबीच भएको फाइनल खेलमा २–१ गोल अन्तरले एपिएफले उपाधि जितेको हो।

एपिएफका तर्फबाट गीत रानाले एक र रेनुका नगरकोटीले एक गोल गर्दै आर्मीविरुद्ध जित हासिल गरेको आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । आर्मीको तर्फबाट जेनीफर राणाले एक गोल गरेकी थिइन् । फाइनलमा महिला राष्ट्रिय फुटबल प्रतियोगितामा प्रथम हुने एपिएफले रु सात लाख ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीलाई रु पाँच लाख पुरस्कार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

आजको खेलको प्ले अफ दी म्याच एपिएफकी गीता रानालाई घोषणा गरिएको छ । उनले रु सात हजार प्राप्त गरेकी छिन् । खेल अवधिभरिमा बढी गोल गर्ने एपिएफकी रश्मीकुमारी घिसिङलाई रु ५० हजार पुरस्कार प्रदान गरिएको आयोजक एन्फाले जनाएको छ ।खेल अवधिभरि उत्कृष्ट समूहमा नेपाल प्रहरी घोषित भएको छ । प्रहरीको टिमलाई रु ५० हजार नगद पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ ।

खेल अवधिभरिको बेस्ट गोलकिपर एपिएफकी अञ्जना राना मगरलाई र खेलभरिका महत्वपूर्ण खेलडी आर्मीकी दीपा शाहीलाई घोषणा गरिएको भन्दै दुवैलाई जनही रु ५० हजार प्रदान गरिएको एन्फा महासचिव किरण राईले बताएका छन् ।

प्रथम, दोस्रो हुने टिम र खेलभरि विभिन्न उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, एन्फाका महासचिव राई र नेपाली सेना १८ नं बाहिनी प्रमुख बिमल बस्नेतले पुस्कार वितरण गर्नुभएको आयोजक एन्फा र सहआयोजक जिल्ला फुटबल सङ्घ उदयपुरले जनाएको छ ।

यही फागुन १ गतेदेखि सुरु भई आजसम्म सञ्चालन भएको राष्ट्रिय महिला फुबटल प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए । खेल नकाउटको आधारमा सञ्चालन गरिएको आयोजकले बताएको छ । नेपालमा पहिलोपटक उदयपुरमा भएको राष्ट्रिय महिला फुबटल प्रतियोगिता गाईघाटस्थित थरुहट रङ्गशाला खेलमैदानमा भएको थियो । आर्थिक सहयोग फिफा रहेको थियो भने रमपम चाउचाउको प्रायोजनमा खेल सञ्चालन गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार