असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघ्यो- एकैदिन १ हजार २४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ९० हजार २१ पुगेको हो ।

१ सेप्टेम्बर यता भारतमा हरेक दिन हजारभन्दा बढीको मृत्यु भएको छ। सेप्टेम्बरमा मात्र करीब २५ हजारको मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म कोरोनाबाट ५६ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ८० हजार ३ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी संक्रमित र मृत्यु महाराष्ट्र राज्यमा भएको छ । जहाँ १२ लाख ४२ हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ३२ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यस्तै आन्द्र प्रदेशमा ६ लाख ३९ हजार ३ सयभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा ५ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।

तमिलनाडुमा ५ लाख ५२ हजार ६ सय संक्रमित छन् भने ८ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । कर्णटकमा ५ लाख ३३ हजार ८ सय संक्रमित हुँदा ८ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा ३ लाख ६४ हजार ५ सय संक्रमित भएका छन् भने ५ हजार २ सय १२ जनाको मृत्यु भएको छ । दिल्लीमा २ लाख ५३ हजारमा संक्रमण पुष्टि हुँदा ५ हजार ५१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा भने हालसम्म २ लाख ५ हजार ४ सय ३९ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै ब्राजिलमा १ लाख ३८ हजार संक्रमितको मृत्यु भएको छ।

विश्वभर हालसम्म ९ लाख ७४ हजार संक्रमितले ज्यान गुमाएका छन् भने ३ करोड १७ लाख ६१ हजार संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार