असार २१, २०८३ आइतबार July 5, 2026

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ हजार २०० रुपैयाँले बढेर ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यससँगै सुनको मूल्य पुनः उकालो लाग्दै उच्च विन्दुतर्फ उन्मुख भएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा समेत मूल्य समायोजन भएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्य निरन्तर परिवर्तन भइरहेकाले खरिद–बिक्री गर्नुअघि दैनिक मूल्य बुझ्न व्यवसायीहरूले सुझाव दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया