कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सुनको मूल्य तोलामै ५ हजार ६०० ले बढ्यो, चाँदी कति पुग्यो ?

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आइतबार सुनकाे मूल्य प्रतिताेला ५ हजार ६०० ले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार ६‍‍‍०० ले बढेर ३ लाख २० हजार ५०० कायम भएकाे छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २ सय ४५ ले बढेर ५ हजार ९८५ कायम भएकाे छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ७४० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया