फागुण १८, २०८२ सोमबार March 2, 2026

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोवार ?

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ फागुनः स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।

आइतबार सुन प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर रू तीन लाख २६ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी आइतबार प्रतितोला रू पाँच हजार ९८५ मा खरिदबिक्री भएकोमा आज प्रतितोला रू छ हजार २० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया