असार २२, २०८२ आइतबार July 6, 2025

बाढीपहिरोको जोखिम अझै कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुुबानको जोखिम बढेको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले मनसुन अझै सक्रिय रहेकाले बाढी र पहिरोबाट हुनसक्ने जोखिम अझै टरिनसकेको बताए ।

गृह मन्त्रालय नेपाल विपद् व्यवस्थापन पोर्टलका अनुसार २०७७ जेठ ३० देखि असोज ५ गते सम्मको अवधिमा ३०७ जनाको मानवीय क्षति भएको हो । बाढीले बगाएर तथा पहिरोमा पुरिँदा अझै पनि सय जना बेपत्ता छन् । त्यस्तै २१४ जना घाइते भएका छन् ।

बेपत्ता नागरिकको खोजी जारी नै रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै एक हजार १७८ घरपरिवार प्रभावित हुनुका साथै ५३५ वटा घरमा पूर्ण र १०५ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी १०५ वटा गोठ भत्किँदा ६१५ चौपाया मरेका छन् ।

विपद् व्यवस्थापन पोर्टलका सूचना अधिकारी सिर्जना श्रेष्ठले विभिन्न विपद्बाट करिब आठ करोड ८३ लाख ८१ हजार रुपियाँ मूल्य बराबरको क्षति भएको जानकारी दिइन् । सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

उनका अनुसार सिन्धुपाल्चोकमा बाढीपहिरो मात्र १८ स्थानमा गएको छ । ३८ पुरुष र ३३ महिला गरी ७१ को ज्यान गएको छ भने ३८ जना बेपत्ता छन् । त्यसैगरी १३१ घर परिवार विस्थापित भएका छन् ।

त्यस्तै कालीकोट–३९, बागलुङ–३३, म्याग्दी–२९, पर्वत–१०, तनहुँ–१३, कास्की–११, जाजरकोट–११, गुल्मी–१०, बझाङ–नौ, अछाम–नौ, दार्चुला–सात, धादिङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिममा पाँच–पाँच, लमजुङ चार, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर, सल्यान र मुस्ताङमा एक–एकको मृत्यु भएको छ । गाेरखापत्र दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार