काठमाडौंः नेपालमा कोरोना महामारीको चपेटामा काठमाण्डाैं राजधानी लगायत उपत्यकाका तीनवटै जिल्ला अगाडी देखिएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङ्गका क्रममा जनाएको छ ।
यी तीन जिल्लासहित चितवन, सिराह, मोरङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । आज चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ । आजका कोरोना संक्रमित मध्ये सबै भन्दा बढि काठमान्डौमा देखिएका छन् ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया