असार ९, २०८३ मंगलबार June 23, 2026

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

पत्रकारितासम्बन्धी नीति र आचारसंहितालाई लैङ्गिक दृष्टिकोणबाट पुनरावलोकन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ फागुनः विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

May be an image of studying and text that says 'संवे महिला र बालवालिकाको लागি अधिकार, क्यारा र कार्यंसचिितको अधिकार "Rights, Justice, Action. for Ν Women and Girls" ११६औ अन्तराष्ट्िय महिला दिवसको अवसरमा आयोजित 'पत्रकार महिलाका लागि सुरक्िषित इकोसिष्टम र समावेशी नेतत्व अन्तरकिया 구도구 साल फागून गते मद्गलवार प्रेस का्उन्सिल नेपाल सभाहल प्रेस काउवि सज्वारग्राम, तित नेपाल काठमाडौ ΙoΣΑ RELS'प्रेस काउन्सिल नेपालले ११६औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिस्टम र समावेशी नेतृत्व’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा उहाँहरूले महिला पत्रकारहरूको पेसागत सुरक्षा, समान अवसर, नेतृत्वमा पहुँच र लैङ्गिकमैत्री सञ्चार वातावरण निर्माणका विषयमा छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँहरूले समाचार कक्षमा समावेशी र सुरक्षित वातावरण, समान अवसर, उचित पारिश्रमिक तथा पेसागत सम्मानको अभावले महिला पत्रकारहरूलाई दीर्घकालीन रूपमा पेसामा टिकिरहन कठिन बनाएको उल्लेख गर्नुभयो ।

May be an image of one or more people, people studying and textसहभागी पत्रकारहरूले नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउन स्पष्ट नीतिगत व्यवस्था, क्षमता अभिवृद्धिका तालिम, डिजिटल सीप विकास, पदोन्नतिमा समान अवसर र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँहरूको सुझाव थियो ।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारको सङ्ख्या बढ्दै गएको भए पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति अझै पर्याप्त हुन नसकेको बताउनुभयो । उहाँले पत्रकारितासम्बन्धी नीति र आचारसंहितालाई लैङ्गिक दृष्टिकोणबाट पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयोे ।

May be an image of one or more people, people studying and text that says 'm'यसैगरी कार्यक्रमका प्रमुख वक्ता तथा पत्रकार बबिता बस्नेतले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन र सञ्चार माध्यममा महिलासम्बन्धी सामग्रीको निगरानी गर्न काउन्सिलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अझै पनि धेरै महिला पत्रकारहरूले समाचार कक्षमा विभिन्न चुनौती र दबाब सामना गर्नुपरेको उल्लेख गर्दै समाचार कक्षमा समावेशी नेतृत्व आवश्यक रहेको औँल्याउनुभयो ।

May be an image of one or more people, people studying and textकार्यक्रममा काउन्सिलका अध्यक्ष डा कुमार शर्मा आचार्यले कार्यक्रममा उठेका सुझावहरूप्रति काउन्सिल प्रतिबद्ध रहने बताउनुभयो । उहाँले महिला पत्रकारसँग सम्बन्धित मुद्दाहरूलाई समयसापेक्ष रूपमा तथा काउन्सिलको अधिकार क्षेत्रभित्र रहेर सम्बोधन गरिने बताउँदै काउन्सिलले केवल नियमनकारी भूमिकामा सीमित नभई सञ्चारमाध्यम तथा पत्रकारहरूको सीप र क्षमता अभिवृद्धिमा पनि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

May be an image of one or more peopleकाउन्सिलका सदस्य सचिव तथा सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले महिला पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै पेसागत विकासमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारितामा नयाँ पुस्ताका महिलाहरूलाई आकर्षित गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै महिला पत्रकारहरूले समाजलाई सचेत र सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

May be an image of one or more people, people studying and tableकार्यक्रममा काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले महिला पत्रकारहरूको पेसागत सुरक्षा अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो । उहाँले आक्रमण, धम्की, रोजगार असुरक्षा, पारिश्रमिक असमानता तथा लैङ्गिक विभेदजस्ता समस्याहरू सामना गर्नुपरेको अवस्था अझै कायम रहेको उल्लेख गर्दै महिला पत्रकारसँग सम्बन्धित चरित्र हत्या, व्यक्तिगत गोपनीयता उल्लङ्घन तथा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमणका घटनाहरूको अभिलेखबारे जानकारी गराउनुभयो ।

May be an image of one or more people, people studying, table and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया