असार ९, २०८३ मंगलबार June 23, 2026

एमाले संसदीय दलको बैठक च्यासलमा शुरु

सरकारको पछिल्लो कदमविरुद्ध देशव्यापी विरोधका कार्यक्रम र आन्तरिक रणनीति तय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेपछि विकसित राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्न एमालेले आकस्मिक बैठकहरूको शृङ्खला बोलाएको छ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख नेताहरू र सांसदहरूको उपस्थिति रहेको छ। बैठकमा उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई लिएर पार्टीले चाल्ने राजनीतिक तथा कानुनी कदमबारे सघन छलफल भइरहेको छ।

च्यासलको बैठक लगत्तै पार्टी अध्यक्ष ओलीले आजै साँझ ६ बजे भक्तपुरको गुण्डुमा पार्टीको सचिवालय बैठक समेत आह्वान गर्नुभएको छ। उक्त बैठकले सरकारको यस कदमविरुद्ध देशव्यापी विरोधका कार्यक्रम र आन्तरिक रणनीति तय गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया