कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सुनको मूल्य तोलामै २ हजारले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । साताको चौथो दिन बुधबार आज सुनको मूल्य २ हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ३ लाख १९ हजार कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला ३ लाख १७ हजार कायम भएको थियो । सोमबार एक तोला सुन ३ लाख १३ हजार २०० मा कारोबार भइरहेको थियो ।

यस्तै, चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको छ । मंगलबार चाँदीको मूल्य ५ हजार ७२० निर्धारण भएको थियो । सोमबार ५ हजार ४१० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया