श्रावण १७, २०८३ आइतबार August 2, 2026

सात महिनामा साढे १२ खर्ब रेमिट्यान्स भित्रियो

गत माघ महिनामामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ फागुन : चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२/८३ को सात महिना (२०८२ माघसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो ।

गत माघ महिनामामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।

गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ ।

यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु नौ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो ।

त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार