काठमाण्डौंः भारतको हरियाणाको रोहतकमा एक डाक्टरले विष खाएर आत्महत्या गरेपछि डाक्टरकी श्रीमतीले दुई छोरीसहित वाटर ट्यांकमा हाम फालेकी छन ।
जसका कारण आमा र सानी छोरीको मृत्यु भएको छ । जेठी छोरी भने ट्यांकबाट पौडिएर बाहिर निस्किएकी छन । पुलिसका अनुसार डाक्टर प्रमोद सहारण रोहतकको हेल्थ यूनिभर्सिटीमा नर्सिंग कलेजमा प्रोफेसर थिए ।
उनले बुधवार साँझ ६ बजे कन्हेली गाउँमा बिष खाएर आत्महत्या गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनको आत्महत्याको खबर आएपछि उनकी श्रीमतीले दुई छोरीसहित पानी ट्यांकीमा हाम फालेकी हुन् । -एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया