श्रावण १६, २०८३ शनिबार August 1, 2026

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

सबै भन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो।

आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज होटल तथा पर्यटन शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ०२ प्रतिशतले बढेको छ। विकास बैंक एक दशमलव २८, वित्त एक दशमलव ३०, जलविद्युत एक दशमलव १० र लगानी एक दशमलव १४ प्रतिशतले बढेको छ।

त्यसैगरी जीवन बीमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव २७ र म्युचुअल फण्ड शून्य दशमलव ४८ प्रतिशतले बढेको छ।

सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबै भन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार